छिमेकी पालिकाहरूमा खुल्ला बिक्री, कनकाई नगरपालिकालाई सूर्तीजन्य पदार्थ नियन्त्रणमा चुनौती

छिमेकी पालिकाहरूमा खुल्ला बिक्री, कनकाई नगरपालिकालाई सूर्तीजन्य पदार्थ नियन्त्रणमा चुनौती
+
-

झापा – झापाको कनकाई नगरपालिकाले कानून नै बनाएर नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरे पनि छिमेकी पालिकाहरूमा खुल्ला कारोबार हुने गरेकोमा उक्त कानून कार्यान्वयनमा चुनौती थपिएको छ।

सूर्तीजन्य पदार्थको सेवनले नगरबासीमा शरीरका विभिन्न भागका क्यान्सर, मुटुरोग तथा अन्य दीर्घ रोग नलागोस् भन्ने आशयका साथ नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरेको हो।

नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि अनुगमनका लागि बजार जाँदा निषेध गरिएका सूर्तीजन्य पदार्थ बजारमा प्रशस्तै भेटिने गरेका छन्। नगरबासीको स्वास्थ्यमा जोखिमपूर्ण परिस्थिति नआओस् भनेर कानून नै बनाएर निषेध गरिएको सूर्तीजन्य पदार्थ बिक्री तथा उपभोगलक्षित कनकाई नगरपालिकाको कार्यालयले शुक्रबार बजारको आकस्मिक अनुगमन गरेको थियो।

बिक्री गर्न राखिएको सूर्तीजन्य पदार्थ अनुगमन टोलीले जफत गर्नुका साथै व्यापारीहरूलाई सचेतसमेत गराएको छ।

कार्यालयले शुक्रबार बजार अनुगमन गर्ने भनेर कहीँकतै सूचना चुहाएको थिएन। शुक्रबार बिहान करिब साँढे ११ बजेतिर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल नेतृत्वको टोली सोझै कनकाई ७ दुर्गापुर बजार मोडियो।

सबभन्दा पहिला दुर्गापुर दक्षिणमा रहेको सन्तोष श्रेष्ठको किराना पसलमा टोली पस्यो। त्यहाँ नगरपालिकाले बिक्री बितरण तथा उपभोग गर्न निषेध गरेका सूर्तीजन्य पदार्थ प्रशस्त भेट्यो।

अनुगमन टोलीलाई श्रेष्ठले भने, ‘यी निषेध गर्नु भन्दा पहिलाका हुन्।’

टोलीले उनको पसलमा भेटिएका सूर्तीजन्य पदार्थ जफत गर्यो र आइन्दा बिक्री नगर्न सचेत पनि गरायो।

पसल मालिक श्रेष्ठलाई सचेत गराएर टोली अर्को पसलमा छिर्‍यो। त्यहाँ पनि प्रशस्तै सूर्तीजन्य पदार्थ टोलीले भेट्यो। त्यहाँ पनि पसलवालालाई प्रमुख प्रशासकीय अधिकृत खरेल नेतृत्वको कर्मचारीको टोलीले पसल सञ्चालकलाई सचेत गरायो। त्यसपछि दुर्गापुरमै एक होटलमा अनुगमन गर्दा होटल सञ्चालकले सूर्तीजन्य पदार्थ लुकाएको टोलीले भेट्यो।

होटल मालिकले आइन्दा बिक्री नगर्ने वचन दिए।

कनकाई ८ लक्ष्मीपुरमा अनुगमन गरिएका प्रायः पसलहरूमा सूर्तीजन्य पदार्थ बिक्री गरेको अनुगमन टोलीले पाएको थियो।

त्यहाँ नगरपालिकाले निषेध गरेको सूर्तीजन्य पदार्थ बेच्न पाउनुपर्छ भनेर व्यापारीले अनुगमन टोलीलाई निकै तनाव दिन खोजे।

छेउमै वडा कार्यालयबाट निस्केर वडाध्यक्ष लीलाबहादुर कटुवालले नगरले बनाएको कानून सबै नगरबासी तथा व्यवसायीले मान्नुपर्ने बताए।

उनले भने, ‘अझै धेरै अनुगमन गर्नुपर्छ। बनेको कानून नमानी सुखै छैन।’   

कनकाई नगरपालिकाले चालु आर्थिक वर्षको शुरुवातदेखि नै नगरमा सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोग निषेध गरेको छ।

नगरको कार्यपालिका बैठकले नै कानुन बनाएर लागू भइसकेको अवस्था छ।

नगरवासीको स्वास्थ्यमा जोखिमपूर्ण परिस्थिति नआओस् भनेर बनाइएको कानून तथा त्यसको कार्यान्वयनमा नगरवासीनै सचेत भएको देखिएन।

तर कानूनको पालना सबै नगरबासीले गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल बताउँछन्।

उनले भने, ‘सूर्तीजन्य पदार्थ बिक्रीको परिमाण हेरेर पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्मको जरिमाना तोकिएको छ। यो नगरबासीकै लागि हो भनेर सबैले सोचिदिनु पर्छ। तर छिमेकी पालिकाहरूमा हुने गरेको खुल्ला बिक्रीले हामीलाई प्रभाव पारेको छ। अब छिमेकी पालिकाहरूसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?