झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध
+
-

झापा- झापामा कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ ।

बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको छ ।

अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनका लागि आवश्यक अनुगमन र नियमन गरिदिन कार्यालयले आग्रह गरेको छ ।

जसको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई पठाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?