अर्जुनधारा हत्याकाण्डः बिहे गर्न अस्वीकार गर्दा हत्या

अर्जुनधारा हत्याकाण्डः बिहे गर्न अस्वीकार गर्दा हत्या
+
-

झापा – झापाको बिर्तामोड नगरपालिका–५ की माया पुलामी मगरको हत्यामा संलग्न बिर्तामोड–८ का चन्द्रप्रसाद प्रसाईं पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंलाई सार्वजनिक गरेको हो। बिहे गर्न अस्वीकार गरेपछि प्रसाईंले अर्जुनधारा–६ महानन्द चोक पश्चिम मगरको हत्या गरेको प्रहरीले जनाएको छ।

आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ति हुन्। छोराबुहारीसँग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईंले केही समयदेखि अवैध यौन सम्बन्ध राखेको खुलेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार प्रसाईंलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। मादकपदार्थ सेवन गर्दै हिँड्ने मगरले घटनास्थलमा प्रसाईंलाई झापड हानेपछि ढुङ्गाले हिर्काएर हत्या गरेको प्रसाईंले स्वीकार गरेको कार्कीले बताए।

प्रसाईंको माघ ६ गते माया र उनको साथी एन राईसँग बिर्तामोड नगरपालिका वडा नं १ पश्चिम स्ट्याण्डमा भेट भएको थियो। एन राईले प्रसाईं र मायाबीच शारीरिक सम्बन्ध राख्न सहमति गराई प्रसाईंले आफ्नो कोठामा लगी निर्माणाधीन घरको दोस्रो तलामा एक पटक शारीरिक सम्बन्ध राखेको प्रहरीको दाबी छ।

सोही समयमा मायासँग माघ ७ गते राति भेट्ने सल्लाह भएको थियो। ७ गते साँझ प्रसाईंले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा–६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै घटनास्थलतर्फ लगेको र केही समयपछि बिग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईंले मायासँग विवाह गर्ने प्रस्ताव गर्दा मायाले प्रसाईंको दाहिने आँखामा हातले हानेको डिएसपी कार्कीले बताए।

आँखामा चोट लागेपछि प्रसाईंले मार्ने नियत राखी सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको कार्कीले बताए। प्रसाईंलाई शनिबार पक्राउ गरिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?