स्नेहाज केयरले ‘भिगन फेष्टिभल’ आयोजना गर्दै

स्नेहाज केयरले ‘भिगन फेष्टिभल’ आयोजना गर्दै
+
-

काठमाडौँ- पशु अधिकार संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन फेष्टिभल’ गर्ने भएको छ । संस्थाले म‍गलबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा पत्रकार संम्मेलन गर्दै आगामी फागुन १९ गते  शनिवारका दिन उक्त कार्यक्रम गर्ने जानकारी दिइएको हो।

उत्पला क्याफेकोप्राङ्गणमा हुन गइरहेको सो महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार तथा सामग्रीहरूको प्रदर्शनी गरिने छ। साथै, यस महोत्सवमा भिगन सामग्रीहरूको विक्रीवितरणका लागि स्टल पनि राखिने संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन।

महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनीका साथै बालबालिकाका लागि प्रतिस्पर्धात्मक खेलहरू पनि खेलाइने उनको भनाइ छ। सम्मेलनमा महोत्सवको उदेश्यमाथि प्रकाश पार्दै श्रेष्ठले भने, ‘मानिसले आफ्नो स्वास्थका लागि पनि वनस्पतिमा आधारित खाना खानु पर्छ । वनस्पतिमा आधारित खाना खाँदा मानव स्वास्थमा पुग्नेफाइदाका बारेमा जनमानसमा जनचेतना फैल्याउनका लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो।’

सम्मेलनमा नेपाल होमस्टेका प्रवन्ध निर्देशक बिकेश श्रेष्ठले आफूले विगत २२ वर्षदेखि भिगन भएको र वृद्ध हुदै गएको शरीर झन तन्दरूस्त रहेको जानकारी दिए।

स्नेहाज कियरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको छ । स्नेहाज केयरले पशुपंक्षीहरूको उपचार, उद्धार तथा पुनस्र्थापना,सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेका छ। साथै, बेबारिसे गाई बाच्छाहरूको उद्धार, उपचार तथा पुनस्र्थपना, लामो दुरीमा गरिने पशु ढुवानीमा निग्रानीलगायतका कार्यक्रम गर्दै आएको जानकारी दिएको छ । यस्तै, स्नेहा केयरले पशु कल्याणका लागि कानुनको अभाव रहेको भन्दै सरकारलाई पशु अधिकारका लागि कानुन बनाउनका लागि दवाव दिंदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?