युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ
+
-

काठमाडाैँ- युरोप पठाउने भन्दै  ६ सयभन्दा धेरै व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

माल्टा, पोल्यान्ड, क्रोएसिया, क्यानडालगायतका देश पठाउने भन्दै करोडौँ ठगी गर्ने ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भई इमाडोल बस्ने सुजन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार पक्राउ गरेको हो।

तामाङले विकास वाइवाको नक्कली परिचय दिई काठमाडौं महानगरपालिका– १६ बालाजु चोकमा ‘युरो विङ्स एजुकेसन कन्सल्टेन्सी’ सञ्चालन गरी सर्वसाधारणलाई ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ।

कन्सल्टेन्सी सञ्चालक तामाङले सरकारी कर्मचारीलाई युरोपको नक्कली भिसा देखाई  जागिर छाड्न लगाएर लाखौँ ठगी गरेको पाइएकाे छ। उनले क्यानडाका लागि १८ लाख, माल्टा आठ लाख, पोल्यान्ड सात लाख र क्रोएसिया ६ लाख ५० हजार रेट नै तोकेर करोडौं असुलेका प्रहरीले जनाएको छ।

उनीविरुद्ध हालसम्म ७० जनाको मुद्दा दर्ता भएको छ। जसबाट तीन करोड २५ लाख २२ हजार रुपैयाँको बिगो देखिएको र अन्य मुद्दासमेत दर्ताको क्रममा रहेको बताइएको छ। उनले प्रतिव्यक्ति ५० हजारदेखि पाँच लाखसम्म रकम ठगी गरेको देखिएको प्रहरीले जनाएको छ।

तामाङले ठगी गरेको रकमबाट व्यक्तिगत चार करोड ऋण तिरी वसुन्धारास्थित राप्ती मेनपावरमा ५० लाखको सेयर लगानी गरेको,३५ लाखमा गाडी खरिद गरेका, विभिन्न मितिमा भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र पाँच लाखको सुनको ब्रासलेट खरिद गरेको भेटिएको छ।

२०७३ सालदेखि पाँच वर्ष विभिन्न मेनपावरहरूमा एजेन्टका रूपमा काम गरेका उनी ०७७ सालदेखि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार रही नेपाल र भारतका विभिन्न स्थानमा लुकिछिपी बसेका थिए।

२०८० सालदेखि विकास वाइवाको नक्कली परिचयबाट उनले बालाजुमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। उनले सोही नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी सबैखाले कारोबार गर्दै आएका थिए।

 

उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?