‘निर्यात क्षेत्रको उद्योग–व्यवसायमा युवाहरुलाई समावेश गर्नुपर्छ’

‘निर्यात क्षेत्रको उद्योग–व्यवसायमा युवाहरुलाई समावेश गर्नुपर्छ’
+
-

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रवर्द्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन्।

निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्ने भनिए पनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए। मल्लले भने, ‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापार घाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ।’

नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँभन्दा बढी भए पनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए। मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्ने मल्लको भनाइ थियो।

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए। निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहदसम्म हल गर्न सकिने उनको भनाइ छ। राज्यको पढ्दै कमाउँदै नीतिलाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?