‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि दाङमा विमर्श

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि दाङमा विमर्श
+
-

दाङ- कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता थिए ।

कृतिका विषयमा विचार राख्ने सिलसिलामा साहित्यकार दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुने बताए । यो कृतिले साहित्यिक धर्म निर्वाह गरेको छ बताउँदै कृति भित्रका रचनाहरुले ‘चिहानमाथि महल बनाइरहेको मान्छे’लाई आलोचनात्मक यथार्थवादको जगमा उभ्याएको उनले बताएका हुन् ।

त्यसैगरी अर्का वक्ता साहित्यकार डाँगीले यो कृतिमा संग्रहित कविताहरुले प्रतिक र विम्बको प्रयोग नवीन ढंगले गरेको विचार व्यक्त गरे । फुटकर कविताहरु पढेको स्मरण गर्दै पुस्तक यो स्तरको होला भन्ने लागेको नलागेको तर यसको स्तरीयताबाट आफू प्रभावित भएको बताए ।

त्यसैगरी साहित्यकार देवकोटाले कृति विद्रोहात्मक चेतले भरिभराउ भएको र नेपाली समाजको यथार्थ चित्रण गरेको बताएका हुन् ।

कार्यक्रममा दाङस्थित कवि एवम् साहित्यकारको उपस्थिति थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?