‘विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले एकैपटक धेरै ग्राहकसम्म पुग्न पाइयाे’

‘विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले एकैपटक धेरै ग्राहकसम्म पुग्न पाइयाे’
+
-

काठमाडौँ – निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउनका सुरु भएको नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सकिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रुपमा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको प्रदर्शनीले नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने उद्देश्य लिएको थियो।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहेका थिए। त्यही प्रदर्शनीमा आफ्नो स्टल राखेका हुलाक स्टीलका प्रमुख परियोजनाकार सूर्यप्रसाद ओझाले धेरै ठाउँका ग्राहकहरुलाई एउटै छाताबाट आफ्नो उत्पादनको बारेमा जानकारी दिन पाउँदा खुसी लागेको बताए।

उनले आफ्ना उत्पादनहरुलाई नयाँ ग्राहकहरुमाझ पुर्‍याउने र स्टील उद्योगमा काम गर्न चाहनेहरुका लागि आफ्नो उत्पादनको बारेमा सचेतना फैलाउने मौका पाएका बताए।

हुलाक स्टीलका प्रमुख परियोजनाकार सूर्यप्रसाद ओझा

उनले भने, ‘बजारमा मार्केटिङ गर्दा धेरै ठाउँमा जान पर्थ्याे। यहाँबाट धेरै ठाउँका ग्राहकहरुलाई एउटै छाताबाट जानकारी दिन पाउँदा खुसी लागेको छ। बजारमा जाँदा भर्चुअल माध्यमबाट बुझाउन पर्थ्यो, गाह्रो हुन्थ्यो, समय पनि लाग्थ्यो तर यहाँबाट उत्पादन देखाएर बुझाउन पाएका छौँ, छोटो समयमा धेरै जानकारी दिन पाइयो।

यस्तै, लिफ्ट तथा भर्‍याङ उत्पादन गरिरहेको ओटिस प्रोडक्टका सेल्स म्यानेजर जेसुस शाहीले विल्डकन प्रदर्शनीले गर्दा नयाँ ग्राहकहरुलाई जानकारी लिन सहज भएको बताए।

ओटिस प्रोडक्टका सेल्स म्यानेजर जेसुस शाही

उनका अनुसार घर बनाउँदै गरेका अथवा डिजाइन गर्दै गरेका ग्राहकले कसरी बनाउने भनेर जानकारी लिएर जाने र घर बनाइसकेका ग्राहकले लिफ्ट राख्ने जानकारी लिएर जान्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?