म्याग्दीको बेनी २ मा आमा समूहद्वारा सामूहिक आलुखेती

म्याग्दीको बेनी २ मा आमा समूहद्वारा सामूहिक आलुखेती
+
-

म्याग्दी- परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् ।

अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ ।

रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिइन् । अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन् ।

“सिङ्गो गाउँ आलुखेतीमा आकर्षित भएको छ, अनुदान र प्राविधिक सहयोगले आलुखेती विस्तारमा निकै सहज भएको छ”, अध्यक्ष घिमिरेले भनिन् । समूहमा काम गर्दा एकापसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

अनुदान र समूहको सामूहिक लगानीमा विस्तार गरिएको आलुको उत्पादनसँगै आगामी वर्ष थप योजना बनाउने समूहकी सचिव सुनिता घिमिरेले बताइन् । समूहमार्फत खेती प्रवर्द्धनका लागि आवश्यक पर्ने तालिमसहित प्राविधिक ज्ञान र नियमित अनुगमनले समेत आलुखेतीका लागि सहज भएको जनाइएको छ ।

समूहले लगाएको आलुखेतीको अवस्थाका बारेमा ज्ञान केन्द्रका प्रतिनिधिसहित वडाअध्यक्ष यामबहादुर कार्कीको उपस्थितिमा समेत सार्वजनिक सुनुवाइमा प्रगति प्रस्तुत गरिएको थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि ज्ञान केन्द्रले आलु खेतीका लागि जिल्लाभर तीन करोडको कार्यक्रममार्फत छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी रु १२ हजारका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइरहेको कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसरण कुर्मीले जानकारी दिए ।

कम्तीमा १० घरधुरी समेटिएकोे ३० रोपनीभन्दा बढीमा आलुखेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट गरी कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?