मेची आँखा अस्पतालमा अति विशिष्टकृत सेवा थप, कुन-कुन सेवा थपिए?

मेची आँखा अस्पतालमा अति विशिष्टकृत सेवा थप, कुन-कुन सेवा थपिए?
+
-

झापा- आँखा उपचारमा उत्कृष्ट सेवा दिइरहेको झापाको बिर्तामोडमा रहेको मेची आँखा अस्पतालले अति विशिष्टकृत सेवा थप गरेको छ। अस्पतालले २७ औं वार्षिकोत्सवका अवसरमा अति विशिष्टकृत सेवा थप गरेको हो।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०५० सम्ममा विश्वको कुल जनसंख्याको लगभग ५० प्रतिशत अर्थात ५ अर्ब जनसंख्यामा दृष्टिदोष हुने भएकाले त्यस समस्यालाई प्रभावकारी रूपले सम्बोधन गर्न अहिलेदेखि नै आवश्यक तयारी गरिएको अस्पतालले जनाएको छ।

समयसापेक्ष पूर्वतयारीअनुरूप अस्पतालले कोर्निया तथा रिफ्राक्टिभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लाष्टी, अर्थोअप्टिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू जडान गरिएकाे अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिए।

अस्पतालले सन् २०२३ मा बहिरंग सेवाअन्तर्गत १ लाख ९७ हजार ८७२ तथा आउटरिच (शिविर) कार्यक्रमअन्तर्गत ९७ हजार २५ गरी जम्मा २ लाख ७६ हजार ८९३ जना बिरामीहरूको आँखा परीक्षण गरेको छ। यो संख्या सन् २०२२ को तुलनामा २०.३६ प्रतिशत बढी हो।

त्यसैगरी, शल्यक्रिया सेवातर्फ ३४ हजार ५४५ र बाह्य कार्यक्रमअन्तर्गत १ हजार ८१३ गरी जम्मा ३६ हजार ३५८ जना बिरामीहरूको आँखाको शल्यक्रिया गर्न अस्पतालको टिम सफल भएको मेडिकल डाइरेक्टर डा. जोशीद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। जसमा २१ हजार ९५७ जनाको मोतिया बिन्दुकाे अप्रेसन भएको छ।

अस्पतालमा अतिविशिष्टकृत सेवाहरूतर्फ रेटिनाको शल्यक्रिया ७ हजार ४०२, कोर्निया २ हजार ८०५, अकुलोप्लास्टिक ३ हजार ५६७ र अन्य शल्यक्रिया ६ सय २७ वटा भएको छ।

नेपाल सरकारसँगको सम्झौताअनुरूप स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत एक वर्षभित्र ५१ हजार ९१५ जना बिरामीहरूले आँखा परीक्षण गराएका छन् भने स्वास्थ्य बीमा कार्यक्रममार्फत् ५ जार ६६१ जनाले आँखाको शल्यक्रिया गराएको जानकारी दिइएको छ।

स्क्रिनिङ क्याम्पबाट रेफर भएर आएका विपन्न, बेवारिसे र असहाय ४ हजार ७५६ जना बिरामीलाई विभिन्न सेवाहरूबाट गत वर्ष ५३ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सुविधा अस्पतालले प्रदान गरेको छ।

अधिकतम बिरामीहरूलाई सहज उपचार सेवा प्रदान गर्न विभिन्न स्थानमा स्थापना गरिएको शाखाहरूमा भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई निरन्तरता दिँदै आएको मेची आँखा अस्पतालले भद्रपुर आँखा उपचार केन्द्रमा अन्तरंग विभागअन्तर्गत बिरामी वार्ड भवन निर्माण गरेको छ।

बिपी कोइराला लायन्स सेन्टर फर अफ्थाल्मिक स्टडिजसँगको सहकार्यमा अतिविशिष्टकृत सेवाको लागि आवश्यक दक्ष जनशक्ति विकास गर्नको लागि फेलोसिप कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको र इन्टेरियर सेग्मेन्टमा १८ जना, सर्जिकल रेटिनामा ८ जना, मेडिकल रेटिनामा २ जना र अकुलोप्लास्टिकमा २ जना गरि ३० जना नेत्र विशेषज्ञहरूले तालिम लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?