चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
+
-

काठमाडौँ – नेपाल चिया विकास निगमको कन्याम बगानको चिया गोल्ड विजेता बनको छ।

यही माघ २६ र २७ गते नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सहआयोजनामा नारायणी नदीको किनारमा नेपालमा उत्पादित चियाको बृहत प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम भएको थियो।

मेलामा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवं टेस्टिङ कार्यक्रम पनि भएको थियो। प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले गरेका थिए।

कार्यक्रममा आठौं एशिया टी कम्पिटिसन २०२३ कोचिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगम लि.का कार्यकारी अध्यक्ष शसुभाष चन्द्र संघईलाई मन्त्री भुषालले सम्मान गरे। सो प्रतिस्पर्धामा नेपाल चिया विकास निगम लि. को कन्याम बगानको चियाले गोल्ड विजेता पाएको हो।

प्रत्येक साल चीनमा विश्वभरका १७ चिया उत्पादन गर्ने देशहरुबीच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगम लि. ले सहभागिता जनाएको थियो।

निगमको कन्याम चिया बगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो। निगमले झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया बगानहरुबाट उत्पादित टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ।

यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिने कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?