फर्निचर फिटिङ कम्पनी (हेटिच) काे नयाँ सेन्टर ललितपुरमा

फर्निचर फिटिङ कम्पनी (हेटिच) काे नयाँ सेन्टर ललितपुरमा
+
-

काठमाडौँ–फर्निचर फिटिङ कम्पनी हेटिचले नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको छ। हेटिचले बुधबार एक कार्यक्रम गर्दै ललितपुरको हरिहरभवन नजिक नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको हो।

१३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हेटिचले नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको थियो।

भारतलगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैका लागि उच्च स्तरका सामान उत्पादन गर्दै आएको हेटिचले ८० देशमा अवस्थित छ।

ग्राहकले हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक ‘टच एन्ड फिल’ पाउन सक्ने कम्पनीको भनाइ छ।

कम्पनीको अत्याधुनिक फर्निचर फिटिड्स नेपाली बजारमा प्रस्तुत गर्न कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका सदस्यहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट सोनाका अध्यक्ष ईश्वरलाल जोशी थिए।

उ‌द्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले हेटिच एप्लिकेसन सेन्टरले गर्दा उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको बताए।

उनले भने, ‘हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं। नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?