
काठमाडाैँ- सुनका गरगहना विदेश पठाउने भन्दै ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलान्चोकको भुम्लु घर भई कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरुसँग सुन खरिद गरी ठगी गरेको आरोपमा प्रहरीले गत माघ २८ गते भक्तपुरबाट पक्राउ गरेको थियो।
थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा स्याङजाकी मिना दमै, सिन्धुलीका रविन कुमार थापा र सप्तरीका दिलीप कुमार लाभलाई पनि संग्लनताको आधारमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारि दिएका छन।
सी आर एस रिपोर्ट हेर्दा मिना दमै सहित रविन कुमार थापा र दिलीप कुमार लाभ बिभिन्न अपराधमा फरार समेत रहेका थिए। पक्राउ परेका ४ जनाले समुह बनाई विभिन्न बहानामा विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने र ठगी गर्ने क्रममा सुनका गहना, गाडी र जग्गाको कारोबार गर्ने देखाई विश्वासमा पार्न ठुलो कारोबार भएको देखाउने गरेको प्रहरीले जनाएको छ।