
काठमाडौँ–जि.डब्लु.एमको ओरा ०३ इलेक्ट्रिक क्रसओभर खरिद गर्दा ग्राहकले ५ लाख सम्मको लाभ पाउने भएका छन।
जि.डब्लु.एमको नेपालका लागि आधिकारिक बिक्रेता भि.जि इम्पेक्स प्रा.लि.ले जि.डब्लु एमका सवारीसाधनहरु (हाभल, पावर, ओरा)का आयातकर्ता र वितरकले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ।
यो योजनाको अवधि गत माघ २८ देखि फागुन ३० सम्म रहेको छ। जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन्।
ओरा ब्रान्ड अन्र्तगत ओरा ०३ ईभीे लोकप्रिय मोडलहरू मध्ये एक हो,जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ।
यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरू भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाईरहेकोे प्रा.लि.ले जनाएको छ।
नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ।