
काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहतकोषको स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ।
महासंघले बिहिबार एक विज्ञ्यप्ति जारी गर्दै देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटना हुनेभएकोले दुर्घटना न्यूनीकरण कार्यदल गठन गरी दुर्घटना राहतकोष स्थापना गर्न सरकारसँग माग गरेको हो।
‘देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटनामा संघीय सरकार, प्रदेश सरकार, स्थानिक सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत तिन वटै मजदुर संघ, संगठनहरुको प्रत्यक्ष सहभागिता रहने गरि दुर्घटना न्यूनीकरण कार्यदल गठन गरि भवितव्य दुर्घटना राहतकोषको स्थापनाको लागी समेत नेपाल सरकार समक्ष अनुरोध गरिन्छ।’ विज्ञ्यप्तिमा लेखिएकाे छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको बस दुर्घटनाको सत्यतथ्य छानबिनको माग गर्दै दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारलाई नेपाल सरकारले उचित क्षतीपूर्ती दिन पनि माग गरेको छ।
सरकारले साे दुर्घटनामा भएका घाईतेको सम्पूर्ण उपचारको जिम्मेवारी लिन पनि माग गरेको छ।