विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावसालि जित हासिल गरेको छ। नेदरल्यान्ड्समाथि रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गर्दा अर्का ओपनर कुशल भुर्तेलले २८ रनको विष्फोटक इनिङ खेलेका थिए। जितसँगै नेपालले दोस्रो खेलमा लिग–२ को अङ्क तालिकामा खाता खोलेको छ।
000
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार २०८१ वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा हुनेछ। परीक्षा आउँदो वैशाख १४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।
000
चितवनमा जंगली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भएका घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठजना भएका छन।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत–सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री दाहालले सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेकाले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरेका छन।
000
रामेछापको रामेछाप नगरपालिकाका प्रमुखका स्वकीय सचिवको वनभोज कार्यक्रम अन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ। ४८ वर्षीय सचिव लक्ष्मण श्रेष्ठलाइ खाना खाने क्रममा सर्केपछि लामो समयसम्म खोकी लागको थियो। त्यसपछि उनलाई उपचारको लागी जिल्ला अस्पताल लगिएको र पर्याप्त उपचार नभएपछि काठमाडौ ल्याउदै गर्दा मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताएका छन।
000
माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन। पोखरामा आयोजित एक कार्यक्रममा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको दाबी गरेका हुन।
000
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन। शनिबार ललितपुरमा भएको एक कार्यक्रममा उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्मतम तवरबाट विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म भावि दिशा निर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्ने बताएका हुन।
000
सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरोको सोलुखुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित एक होटलमा बास बसेको स्थानमा मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका थिए।
000
राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं तराई मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०र८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिएका छन।
000
र अत्यधिक चिसोका कारण यस हिउँदमा मङ्गोलियामा हालसम्म कम्तीमा ६ लाख ११ हजार ९२४ पशु मरेका छन्। जमिनमा जमेको हिउँले ढाकेको कारण ठूलो संख्यामा पशुधन मरेको बताइएको छ। देशका २१ प्रान्तहरूमध्ये पूर्वमा खेन्टी, दोर्नोड, सुखबाटार र दोर्नोगोभी र मध्यपश्चिममा अर्खाङ्गाईमा सबैभन्दा बढी जनावर मरेको बताइएको छ।