म नेपालीले नदेखेका कुरा देख्छु: फ्रान्सेली फिल्म निर्देशक एरिक भ्याली

म नेपालीले नदेखेका कुरा देख्छु: फ्रान्सेली फिल्म निर्देशक एरिक भ्याली
+
-

सुर्खेत– फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीले दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिने बताएका छन।

‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीलेनै देख्दैनन। सानाे देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’तर नेपालको महत्व नेपालीले नै बुझन सकेकाे छैनन’, उनले भने।

वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताकोरुपमा बोल्दै भ्यालीले नेपालको विभिदता र बहुआयामिकता अथाह भएको बताए। भ्याली तीनै व्यत्तिः हुन्, जसले निर्देशन गरेर सन् १९९९ माबजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमाक्याराभान सूचीकृत भएको थियो।

यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँगनेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ। फिल्मले जोडेको साइनोका कारण भ्यालीकर्णाली उत्सवमा उपस्थित भएका थिए। डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीकोनेपाल र कर्णाली यात्रा भने रोचक छ। भ्याली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्थान पुगेकाथिए।त्यहाँ घुम्दा घुम्दै उनको भिजा सकिएछ।

एकदिन अफगानी सेनाले पक्राउ गरेर उनलाई जेल हाल्यो। ‘अफगान आर्मीले मलाई दुईओटा अफसन दियो घर जान्छस कि अन्य छिमेकी मुलुकमा? तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए’ भ्यालीले भने,‘भारतमा तिम्रो देशका बारेमा धेरै कुरा सुने। नेपाल आए त्यसपछि त तिमीहरुकोदेशमा माया बस्यो।’

भ्यालीका अनुसार त्यतिबेलासम्म नेपालमा टुरिजम मात्रै थियो ।‘विदेशीहरुले नेपालमा टुरिजम मात्रै देख्थे। तर मलाई सक्कली नेपाल देख्नु थियो। र कुनैपनि बिदेशी नपुगेको ठाउँमा पुगे’ उनले भने।

सक्कली नेपाल देख्ने चाहाकै कारण अरुण, तमोर लगाएतका क्षेत्रमापुगेको भ्याली बताउँछन्। घुम्दा घुम्दै उनि कर्णालीको डोल्पा पुगे। शुरुआतीचरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउँनेइच्छा जाग्यो।

डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो। ‘उनको लुगा,चौरीको दुघ, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो। तीनै मान्छेहरुकोजनजिवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो’ भ्याली भन्छन्। ‘एउटा शसक्त फिल्म बनाउँन के गर्नुपर्ने रहेछ?’

उत्सवमा भ्यालीलाई प्रश्न गर्ने भूमीकामा रहेका काठमाण्डौं विश्वविद्यालय सह–प्रध्यापक डा.लोचन रिजालले प्रश्न गरे। ‘फिल्म राम्रो हुँनलाई शक्तिशाली कथा हुनुपर्छ। शक्तिशाली कथा भेटाउँन गाउँ डुल्नु पर्छ?

जवाफमा भ्यालीले भने। क्याराभान फिल्मको स्क्रिप्टका लागिआफुले तीन वर्ष पढेको र पढेको बताए। ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन्।त्यस्को मुटुसम्म पुग्नु पर्छ।

पावरफूल स्टोरी भेटाएपछि अरु बाटाहरु खुल्दै जान्छन्। सजिलै फिल्म भेटिदैन्। राम्रो कन्टेन्ट छैन् भने फिल्म नबनाएकै राम्रो हुन्छ,’उनले चलचित्र निर्मातालाई सुझाव दिदै भने।

उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दुरदराजमा घुम्न समेत आग्रह गरे। एउटा विदेशी आयर नेपालका बारेमा फिल्म बनाउँदै गर्दातपाईहरु आफनै देशमा किन घुम्नु हुँदैन भन्नै? उनने नयाँ पुस्तालाई समेत आग्रहगरे।

९ महिना डोल्पामा बसेर हिडँद हिउँमा क्याराभानको सुटिङ्ग गरेको बताए। ‘त्यहाँको याक, मान्छे सबै अर्गानिक थिए।आफनै दुनियाँका। आफनै सोच, बिचारका’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपनहुँन आवश्यक छ। म त्यस्तै एउटा पागल पन भएको फिल्म निर्देशक हुँ।

१९५२ मा फ्रान्समाजन्मीएका भ्यालीले नेपालमा मात्रै ३० वर्ष बिताएको बताउँछन्। फिल्ममार्फत नेपालकोसंस्कृतक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठौं छ। ‘म विदेशी नजाने बाटो हिडँछु ,त्यसले मलाई नयाँपन दिन्छ। दुर्गम र रिमोट क्षेत्रमा पुग्छु, बाटो बिराउँछु,कहिल्यै भोकैसुत्छु, फेरी गन्तव्य त भेटाइनै हाल्छु,’ उनि भन्छन्।

हाल सूदुरपश्चिमको बझाङ्ग र बाजुरमा पुगेर त्यहाँकोप्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भ्यालीले बताए। ‘बाजुरा पनिअनौंठो छ। त्यहाँको बारेमा बुझदै छु, ती कुराहरु लैखदै छु’ उनले भने।

भ्याली नेपालीमा आफनो कुरा प्रस्टरुपमा राख्न राख्छन्। उत्सवमा प्रश्नकर्ता रिजालले उनलाई अर्को प्रश्न गरे, ‘नेपाली भाष किन सिक्नु भयो ? ’जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृतिबुझिदैन्। दुर दराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझदैनन्। त्यसो हुँदा नेपालीसिके ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?