‘बल्क बिटुमिनको बिक्री बढ्यो’

‘बल्क बिटुमिनको बिक्री बढ्यो’
+
-

काठमाडौँ – नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले नेपालको सीमावर्ती नाकाहरूमा बल्क बिटुमिनको बिक्री डिपो स्थापना गर्दा आर्थिक वर्ष २०७९/०८० मा बिक्रीमा वृद्धि भएको बताएकाे छ।

आइतबार भएको उद्योगको वार्षिक साधारणसभामा उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले बिटुमिनको व्यापारमा वृद्धि भएको जानकारी दिएका हुन्। साधारणसभा उद्योगका प्रबन्ध श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालयहरु कृष्णगल्ली, पुल्चोकमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको थियो।

सभामा शेयरधनीहरूको प्रश्नको जवाफमा श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा विगतमा इण्डियन आयल कर्पोरेशनबाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए।

साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाइ पनि रहेको बताए। यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको बताउँदै प्रत्येक वर्ष वार्षिकसाधारण सभा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि हालसम्म पूरा गर्न नसकिरहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?