झापाको सुरूंगामा तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव हुने

झापाको सुरूंगामा तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव हुने
+
-

झापा- झापाको कनकाई नगरपालिकाको सुरुंगामा तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।

आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म प्रथम कनकाई कला, सँस्कृति तथा साहित्य महोत्सव हुने भएको हो ।

रोटरी क्लब अफ कनकाई सुरुंगाको आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए ।

साहित्य, सँस्कृति तथा कला क्षेत्रलाई समेट्दै उक्त महोत्सव गर्न लागिएको कोइरालाले जानकारी दिए । कनकाईमा साहित्यकार तथा कलाकारहरूको बाक्लो बसोबास रहेको र उनीहरूद्वारा सिर्जित सिर्जनालाई प्रवर्द्धन गर्ने उद्धेश्यले महोत्स आयोजना गर्न लागिएको रोटरी क्लब अफ सुरुंगाका अध्यक्ष शिव कँडेलले बताए ।

देशमा दैनिक रुपमा देश प्रेमको भावना घटदै गइरहेको र विकृत मानसिकताले भावी पुस्तामासमेत नकारात्मक प्रभाव पारिरहेको हुँदा साहित्यको माध्यमबाट थोरै भए पनि देशमा सकरात्मक अवधारणा ल्याउन महोत्सवले कार्यक्रम संयोजक कोइरालाले बताए ।

महोत्सवका कार्यक्रम अन्तर्गत फागुन १४ गते प्रभातफेरिको आयोजना गरिने भएको छ ।

त्यसपछि पशुपति अंग्रेजी माविको मैदानमा साहित्य गोष्ठी, हास्यव्यङ्ग्यसहित साँस्कृतिक कार्यक्रम, पुस्तक मेला, साहित्य गोष्ठी, कविता गोष्ठीलगायत कार्यक्रम गरिने आयोजना रोटरी क्लबले जनाएको छ ।

कनकाई उद्योग वाणिज्य संघ, कनकाई बहुमुखी क्याम्पसको सभाहलमा अन्य साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरिने रोटरी क्लबका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए ।

साहित्य महोत्सवमा पुस्तक प्रदर्शनी र डोनेसनको समेत आयोजना गरिने र कार्यक्रम समापन पछि एक पुस्तकालयको समेत स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महोत्सवमा कलाकारहरु मनोज गजुरेल, रचना रिमाल, साहित्यकारहरु तुलसी विवश, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा देवी नेपाल, कवि मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गितकार शिशिर योगी लगायातका सर्जकहरुको विशेष प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।

महोत्सव सञ्चालनका लागि २५ लाख ४५ हजार रुपैयाँ खर्च हुने बताइएको छ ।

कनकाई नगरपालिकामा रहेको कनकाई प्रतिभा प्रतिष्ठान, कलाकारहरु हिम्मत नेम्बाङ्ग, पवन राजवंशी लगायत कलाकारहरूलाई सम्मान समेत गरिने जनाइएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?