अबको चुनावमा पार्टीहरू एक्लाएक्लै लड्नुपर्छ: झलनाथ खनाल

अबको चुनावमा पार्टीहरू एक्लाएक्लै लड्नुपर्छ: झलनाथ खनाल
+
-

झापा- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अबको चुनावमा पार्टीहरूले एक्लाएक्लै लड्नुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा पत्रकाहरूसँग कुरा गर्दै नेता खनालले पहिला पनि पार्टीहरूले एक्लाएक्लै लड्नुपर्ने र अबका चुनाव पनि एक्लाएक्लै लड्नुपर्ने बताएका हुन् ।

उनले भने,’कांग्रेसको पनि अहिले अलि बुद्धि फिरेजस्तो छ । वामपन्थीको पनि बुद्धि फिर्ला । चुनाव एक्लै लड्ने हो ।’

कांग्रेस महासमिति बैठकमा पनि महामन्त्री गगनकुमार थापाले गठबन्धन गर्न नहुने प्रतिवेदन पेश गरेका थिए । पत्रकार सम्मेलनमा नेता खनालले सोही कुरा कोट्याउँदै चुनाव लड्न गठबन्धन जरुरी नरहेको बताए ।

आफ्नो दल सरकारमा सहभागी भए पनि सरकारले जनभावनाअनुरुप काम नगरेकोमा उनले चरम असन्तुष्टि जनाए । खनालले भने, ‘हाम्रा मन्त्रीहरूका मन्त्रालयमा बजेट छैन । कसरी काम गर्छन् ? अब हामी सरकारमा बस्ने वा बाहिरिने भन्ने विषय आगामी महाधिवेशनले तह गर्छ । हामी गम्भीर भएर समीक्षा गर्छौं ।’

मन्त्री प्रकाश ज्वालामाथि कारवाही र सरकारबाट फिर्ता बोलाउने विषयमा नेता खनाल खुलेर बोल्न चाहेनन् । उनले बालकुमारी घटनाको अध्ययन प्रतिवेदन आफूहरूले अध्ययन गर्न नपाएको उनले बताए ।

उनले भने, ‘बालकुमारीमा ड्याङ्ड्याङ् गोली प्रकाश ज्वालाले चलाउन लगाएको होइन होला । तर, उनले गल्ती गरेका छन् भने त्यस्को सजाय उनले भोग्नुपर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?