झापा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन ट्रफी र खेल टोलीहरूको नाम सार्वजनिक

झापा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन ट्रफी र खेल टोलीहरूको नाम सार्वजनिक
+
-

झापा- यही फागुन १९ गतेबाट सुरु हुने झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको छैटौं सँस्करणमा सहभागी हुने खेल टोलीहरूको नाम सार्वजनिक गरिएको छ ।

खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार साँझ आयोजित एक कार्यक्रमकाबीच खेल टोलीहरू सार्वजनिक गरिएको हो ।

सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको हो ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनकासहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्डकप खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?