
काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले अस्पतालपिच्छे स्वास्थ्य उपचार र परिक्षण शुल्क फरकफरक हुँदा पैसा नहुनेले भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको बताएकी छन।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको र नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकारले शुल्क नलिएर अस्पतालहरूले शुल्क लिने गरेको बताएकी हुन्।
याे पनि पढ्नुहाेस् : सांसद् नै नगएपछि स्थगित भयो प्रतिनिधिसभा बैठक
उनले भनिन्,‘पित्तथैलीको अपरेसन गर्नलाई, एपेन्डिक्स फाल्ने अपरेसन गर्न ३० हजारदेखि डेढ लाख तिरिरहेका हुन्छन्। एकै देशमा एउटै प्रबिधिबाट गरिने उस्तै उपचारको शुल्क कन अस्पतालपिच्छे फरक छ? यसको मापदण्ड खोई?
सांसदक कार्कीले भिडिओ एक्स-रे एउटै टेस्टको शुल्क ५ सयदेखि २५ सयसम्म लिइने गरेको र ल्याब टेस्ट तथा अपरेशन शुल्कमा स्थिति अझै बिकराल रहेको उनले बताइन।
याे पनि पढ्नुहाेस् : पर्यटन, स्वास्थ्य र भौतिक पूर्वाधारमन्त्रीलाई तुरुन्त पदमुक्त गर्न एमालेको माग
उनले भनिन्, ‘ निजीमात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन,’ अस्पताल र प्रयोगशालाहरूले आफूखुशी शुल्क तोकिरहेका हन्छन्। कुन उपचार, कुन परीक्षणको कति लाग्छ भन्नेमा न शुल्क निर्धारण छ न त नियमन नै।
उनले हरेक सेवा शुल्कबारे नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्छ नियम भएपनि अधिकांश अस्पतालले यो नियमको पालना नगरेका बताइन्।
याे पनि पढ्नुहाेस् : शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती नगरौं: सांसद शर्मा
उता बिहीवार बसेको प्रतिनिधि सभाको बैठकम गणपूरक संख्या नपुगेपछि शुक्रवारसम्मका लागि स्थगित भएको छ।
गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए।
सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे।