
काठमाडाैँ- ज्योति विकास बैंकले नुवाकोटको एक माध्यमिक विद्यालयलाई इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत नुवाकोटको विदुर नगरपालिका ५ को देवीघाट स्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको हो।
बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरु प्रदान गरेको जनाएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरु औपचारिक रुपमा हस्तान्तरण गरेका हुन।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नरेश राज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल लगायत बैंकका पधाधिकारीहरु, विद्यालयका कर्मचारीहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरुको कक्षा संचालन समेत गर्ने भएकाले सो स्मार्टबोर्डहरुद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ए.टि.एम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।