
काठमाडौँ– राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएका थिए।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’ सभा समक्ष पेश गरका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते सोमबार विहान ११ः०१ बजे बस्नेछ ।