झापा गोल्डकप फुटबलको मुख्य प्रायोजन अर्नाले गर्ने

झापा गोल्डकप फुटबलको मुख्य प्रायोजन अर्नाले गर्ने
+
-

झापा- झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणका लागि मुख्य प्रायोजकसँग शुक्रबार सम्झौता भएको छ। प्रतियोगितालाई यति ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ।

बिर्तामोडस्थित सहारा नेपाल साकोसको हलमा पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्नाका प्रतिनिधि र झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतबीच सम्झौतामा हस्ताक्षर तथा आदान-प्रदान भएको हो।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बस्नेत र यति ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे। हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान-प्रदान गरिएको थियो।

झापा गोल्डकप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताए धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरे।

प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ। मैदानको स्तरोन्नति सकिएको छ।

छैटौं संस्करणको झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ।

गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, तीन विभागीयसहित नेपालका ए डिभिजन क्लब र मोफसलका क्लबको सहभागिता रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?