झापामा सञ्चालित अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकालाई

झापामा सञ्चालित अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकालाई
+
-

झापा- झापाको बुद्धशान्तिमा सञ्चालित प्रथम अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले हात पारेको छ ।

शनिवार भएको प्रतियोगिताको अन्तिम खेलमा प्रतिस्पर्धी कचनकवल गाउँपालिकालाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड नगरपालिकाले उपाधि हात पारेको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको बिर्तामोडले कचनकवललाई ८ विकेट गुमाएर १९७ रनको लक्ष्य दिएको थियो । तर दोस्रो इनिङको १३ ओभर खेल्दै गर्दा कचनकवलले आफ्ना सबै विकेट गुमाउन पुग्यो । कचनकवलले ७७ रन मात्र जोड्न सक्यो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको अन्तिम खेलको विजेता टोली बिर्तामोड नगरपालिकाले नगद एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगर पचास हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगिताको बेस्ट विकेट किपर कनकाई नगरपालिकाका प्रनिश विमली घोषित भए । त्यस्तै बुद्धशान्तिका रिजन आङदेम्बे बेस्ट फिल्डर, बिर्तामोडका दिपु भुजेल इमर्जिङ प्लेयर, बिर्तामोडकै राहित राजवंशी बेस्ट बलर, बिर्तामोडकै शिवांस बजगाईं बेस्ट ब्याट्सम्यान घोषित भए । उनीहरूले पाँच/पाँच हजार नगद पुरस्कार पाए ।

कचनकवलका कप्तान अनिल लामिछाने म्यान अफ द सिरिज घोषित भए । उनले १० हजार नगद पुरस्कार पाए । झापा गाउँपालिकाको टिमले फेयर प्लेको उपाधि पायो ।

बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं, कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, क्रिकेट खेलका संघका पदाधिकारीलगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगिता गत फागुन २ गतेबाट शुरु भएको थियो । प्रतियोगितामा झापाका १५ वटै पालिकाहरूले सहभागिता जनाएका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?