सामसङले अघिल्लो मोडलहरूमा पनि एआई राख्दै

सामसङले अघिल्लो मोडलहरूमा पनि एआई राख्दै
+
-

काठमाडौँ – सामसङले ग्यालेक्सी एआईको अनुभव आफ्नो अघिल्लो फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ।

मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिनको लागि सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस २३ एफई, जेड फोल्ड र जेड फ्लिप ५ सिरिजहरुमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ।

सामसङका अनुसार हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्नेछ।

‘यो ग्यालेक्सी एआईको सुरुवात मात्र हो,’ सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष  टिएम र्‍होले भने, ‘हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआईको असिमित सम्भावनाहरूको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने रहेको छ।’

यस्तै, एआई सञ्चालित मोडलहरुमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरुले गर्दा  प्रयोगकर्ताहरुले मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरुमा मेसेजहरु ट्रान्सलेट गर्ने सुविधा पाउनेछन्।

ग्यालेक्सी इकोसिस्टममा गरिएको ग्यालेक्सी एआईको व्यापक एकीकरणले गर्दा  प्रयोगकर्ताहरुले सर्कल टु सर्च विथ गुगलमार्फत् आफूले खोजेको कुरामा एउटा सर्कल बनाएर खोज्न सकिनेछ।

नोट एसिस्टजस्ता विशेषताले प्रयोगकर्ताहरुलाई  फ्रम्याटहरु सिर्जना गर्न, सारांशहरु रचना गर्न र टिप्पणीहरु अनुवाद गर्न मद्दत गर्दछ भने ब्राउजिङ एसिस्टले समाचार सामग्रीहरुको समग्र सारांशहरु एकै क्षणमा तयार गर्दछ।

सामसङका अनुसार ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलहरुको सेट उपलब्ध गराएको कारणले गर्दा  जसले फोटो खिचेपछि पनि रचनात्मक स्वतन्त्रताको अवसर दिन्छ।

जेनेरेटिभ इडिटमार्फत् एआई समर्थित उपकरणहरुले फोटोहरुलाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने, अथवा रिएलाइन गर्न सक्नेछन्। यस्तै, प्रयोगकर्ताहरुले इडिट सजेसनको सहायताले पहिलेभन्दा छिटो र सजिलो तरिकाले कुनै पनि फोटोलाई सजाउन सक्नेछन्।

इन्स्ट्यान्ट स्लो–मोले चलायमान फलहरु क्याप्चर गर्न सुस्त गतिको भिडियोहरुका लागि अतिरिक्त फ्रेमहरु तयार गर्ने हुनाले धेरै सटहरु बारम्बार खिच्नु नपर्ने बनाइदिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?