
काठमाडौँ– रोयल इन्फिल्डले आयोजना गरेको हन्टर कार्निभल राइड एण्ड भाइव कार्यक्रमअन्तर्गत स्लो रेस कम्पिटिसनमा सन्जय बुढाथोकी प्रथम भएका छन्।
रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल शनिबार इजी वे ट्रायल सेन्टर, शंखमूल मा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा १२०० जना सहभागी भएका थिए। स्लो रेस कम्पिटिसनमा राम भण्डारी दोस्रो भएका छन् भने आर्जित श्रेष्ठ तेस्रो भएका छन्। उनीहरु सबैले मेडल, सर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेटलगायतका सामानहरु पाएका छन्।
कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्सलगायतका कार्यक्रमहरु भएका थिए।
कार्यक्रमका तस्बिरहरु