
झापा – झापाको कनकाई नगरपालिकाको सुरुंगामा तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ। सोमबारबाट सुरु भएको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ।
रोटरी क्लब अफ कनकाई सुरुंगाको आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए। साहित्य, सँस्कृति तथा कला क्षेत्रलाई समेट्दै उक्त महोत्सव आयोजना गरिएको कोइरालाले बताए।
कनकाईमा साहित्यकार तथा कलाकारहरूको बाक्लो बसोबास रहेको र उनीहरूद्वारा सिर्जित सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रोटरी क्लब अफ सुरुंगाका अध्यक्ष शिव कँडेलले बताए।
देशमा दैनिक रुपमा देश प्रेमको भावना घटदै गइरहेको र विकृत मानसिकताले भावी पुस्तामासमेत नकारात्मक प्रभाव पारिरहेको हुँदा साहित्यको माध्यमबाट थोरै भए पनि देशमा सकरात्मक अवधारणा ल्याउन महोत्सवले कार्यक्रम संयोजक कोइरालाले बताए।
महोत्सव सुरुवात हुनुअघि सुरुंगा बजारमा प्रभातफेरिको आयोजना गरिएको छ। महोत्सवको उद्घाटन केहीबेरमा वरिष्ठ कलाकार नीर शाहले गर्नेछन्।
तस्बिरहरूः