लेबनानविरुद्ध प्रितिको निर्णायक गोल, नेपाल फाइनलमा

लेबनानविरुद्ध प्रितिको निर्णायक गोल, नेपाल फाइनलमा
+
-

काठमाडौं- प्रतिस्पर्धात्मक खेलमा इन्जुरी समयमा प्रिती राईले निर्णायक गोल गरेपछि नेपाली महिला टोली वाफ (पश्चिम एसियाली फुटबल एसोसिएसन) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले २-१ को प्रतिस्पर्धात्मक जित निकाल्यो।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्जुरी समयमा निर्णायक गोल गरे। विमला चौधरीको सानदार कर्नरमा प्रितीले गरेको प्रहारले जाली चुमेसँगै नेपाल फाइनलमा प्रवेश गर्यो।

त्यसअघि पहिलो हाफको ३८औं मिनेटमै नेपाल गोल खान पुगेको थियो। पूजा रानाले गोलकिपर एन्जिलाको लागि ब्याकपास गरेको बल गोलरक्षकले भेटाउन नसक्दा बलले सिंधै जाली चुमेको थियो।

समूहचरणमा जस्तो दबाब बनाउन नसकेको नेपालले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो। रश्मीको पासमा सावित्रा भण्डारीको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर गर्न नसेकेको बलमा साम्बालेनै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। जारी प्रतियोगिता मा साम्बाको‌ नवौं गोल हो।

अब नेपालले उपाधिका लागि जोर्डनको सामना गर्नेछ। जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५-० को प्रभावसालि जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?