म्याकुरीले गाए आफ्नै जीवनमा मेल खाएको गीत

म्याकुरीले गाए आफ्नै जीवनमा मेल खाएको गीत
+
-

काठमाडौँ– हास्य कलकार पवन खतिवडा (म्याकुरी)ले आफ्नै जीवनमा मेल खाएको गीत गाएका छन्।

आदेश गुर्माछनले संगीत भरेको गीतमा काले विजयले लय मिलाएका छन् भने खतिवडाले आवाज दिएका छन्। शुक्रबार दामी क्रियसन युट्युब मार्फत सार्वजनिक भएको गीतको बोल ‘बदनाम बनायौ’ भन्ने रहेको छ।

पवनले ‘अहिले केही गर्दा मन मान्दैन सङ्गीत मात्र साथी जस्तो लाग्ने’ बताएका छन। तर उनले आफ्ना सर्मथकलाई अन्यथा नसोच्न आग्रह गरेका छन्।

केही समयदेखि पवन र पवनकी श्रीमती सुम्निमा खालिङको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा भएको छ।

खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन्। आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको आरोप थियो।

खतिवडालाई कुटपिट गरेको आरोपमा बुधबार प्रहरीले सिन्धुपाल्चोकबाट शर्मिला वाइबालाई पक्राउ गरेको थियो। खतिवडाले शर्मिलालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो।

थप हास्यकलाकार पवन खतिवडालाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राखी अनुसन्धान गरिने

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?