झापा गोल्डकप आजबाट सुरु हुँदै, सभामुख घिमिरेले उद्घाटन गर्ने

झापा गोल्डकप आजबाट सुरु हुँदै, सभामुख घिमिरेले उद्घाटन गर्ने
+
-

झापा- झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण शनिबारबाट सुरु हुँदैछ। प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज उद्घाटन गर्दैछन्।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला पुनः एक पटक रंगिएको छ। आजदेखि सुरु हुने गोल्डकप फुटबल प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ।

२०७२ सालमा पहिलो झापा गोल्डकप भएको थियो । त्यसपछि २०७३ मा दोस्रो, २०७४ मा तेस्रो,२०७५ मा चौथो र २०७८ मा पाँचौं संस्करण भएको थियो।

अघिल्ला चार वर्षमा लगातार चारवटा संस्करण भए पनि कोरोना महामारीका कारण तीन वर्षपछि पाँचौं संस्करण भएको थियो। पाँचौं संस्करणको दुई वर्षपछि यस वर्ष छैटौ संस्करण हुन लागेको हो।

पहिलो उद्घाटन खेल संकटा फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच आज हुँदैछ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ। फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्यूरोड टिम (एनआरटी)सँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ।

तेस्रो क्वाटरफाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुई पटक ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

अन्तिम क्वाटरफाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले गोल्डकप झापाको शान तथा गौरव भएकाले साथ र सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।

यति ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबका सहित १० टोली सहभागी छन्। अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ।

गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ। डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकपमा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ। झापा गोल्डकपको छैटौं संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?