झापाको दमकमा भाटभटेनीको २७ औं स्टोर सञ्चालनको तयारीमा, फागुन २३ गते उद्घाटन हुने

झापाको दमकमा भाटभटेनीको २७ औं स्टोर सञ्चालनको तयारीमा, फागुन २३ गते उद्घाटन हुने
+
-

झापा- पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाउँदै भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारी गरेको छ ।

यस अघि नै झापाको बिर्तामोडमा भाटभटेनी सुपरस्टोर सञ्चालनमा आइसकेको छ ।

दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको हो ।

दमकको स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ स्पेससहित सञ्चालन आउन लागेको हो ।

१ अर्ब ५० करोड बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौँ स्टोर हो ।

यस अघि झापाको बिर्तामोडसहित कोशी प्रदेशका धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।

यही फागुन २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनीले जनाएको छ ।

उद्घाटनका अवसरमा आम ग्राहकहरूलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहने भाटभटेनीले जनाएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?