
काठमाडौं- कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन् ।
लु २ ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिकाको घाटबेसीस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बसका चालकसमेत घाइते भएका छन् । घाइते सबैलाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ ।
बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ ।