
काठमाडौँ– नेपालमा सहिदको संख्या ११ हजार १४१ पुगेको छ।
सरकारले बिहीबार राजपत्रमा सुचना जारी गर्दैनेपालको राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सम्मान स्वरुप सहित घोषणा गरेको जनाएको छ।
राजपत्रमा दुई हजार ६ सय ७४ जना सहिदको नाम प्रकाशित गरेसँगै सहिदको संख्या ११ हजार १४१ पुगेको हो।
गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद थप्ने निर्णय गरेको थियो।