गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैनः राजेन्द्र महतो

गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैनः राजेन्द्र महतो
+
-

काठमाडौँ – राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन्।

जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए।

उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए। ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ,’ उनले भने ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यकता छ।’

फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?