झापा गोल्डकपको उपाधि छिनोफानो भोलि, एपीएफ र चर्च ब्वाइज दुवैको उपाधि हात पार्ने दाबी

झापा गोल्डकपको उपाधि छिनोफानो भोलि, एपीएफ र चर्च ब्वाइज दुवैको उपाधि हात पार्ने दाबी
+
-

झापा – छैटौं झापा गोल्डकपको फाइनल खेलमा सहभागी हुने दुवै टिमले उपाधि उचाल्ने किसिमले तयारी गरिरहेको बताएका छन्।
गोल्डकपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै छ। फाइनलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुँदै छ।

फाइनल खेलको पूर्वसन्ध्यामा आइतबार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका छन्। चर्च ब्वाइजका टिम कप्तान दीप कार्की र कोच रुबेन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरे।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी पहिलो पटक फाइनलमा पुगेको हो। सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो।

विभागीय टोली एपीएफले झापा गोल्डकपको उद्घाटन खेल खेलेको थियो। उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो। क्वार्टरफाइनलमा पनि एपीएफले सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो।

उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको छ। चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखाएको थियो। चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथि १–० को नतिजा निकाल्यो।

सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको हो। झापा गोल्डकपको विजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। उपविजेताले ७ लाख रुपैयाँ पाउने छ। फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको रुपमा पाउने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?