झापाको प्लाइ उद्योगमा लागेको आगो १६ घण्टा बित्दा पनि नियन्त्रणमा आएन

झापाको प्लाइ उद्योगमा लागेको आगो १६ घण्टा बित्दा पनि नियन्त्रणमा आएन
+
-

झापा- झापा मेचीनगर १५ को भगवती प्लाइउड उद्योगमा लागेको आगो १६ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी १६ बित्दा पनि नियन्त्रणमा नआएको हो ।

अहिले पनि पाँचवटा दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आगो पूर्ण नियन्त्रणमा आउन केही समय लाग्छ । तर अन्य घरमा आगो फैलिन सक्ने संभावना नरहेको कार्यालयले जनाएको छ ।

उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ । जस्ताले घेरिएको र सुकेका काठका गोलिया भएकाले आगो नियन्त्रणमा लिन गाह्रो भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि दिनभर १० वटा दमकल प्रयोग गरिएको थियो । त्यसबाट नियन्त्रणमा नआएपछि मोरङबाट थप दमकल मगाइएको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?