बजेट निर्माणमा सांसदहरूको भूमिका भएन भने तपाईँले भाेट पाउनुहुन्न: राजेन्द्र पाण्डे

बजेट निर्माणमा सांसदहरूको भूमिका भएन भने तपाईँले भाेट पाउनुहुन्न: राजेन्द्र पाण्डे
+
-

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आउने आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरूको भूमिका भएन भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका छन्। 

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘मैले प्रधानमन्त्रीलाई आजै जानकारी गराउन चाहन्छु बजेट पास हुने दिन फेरि पनि सांसदहरूको प्रस्ताव सुनुवाइ भएन बजेट निर्माणमा सांसदहरूको भूमिका भएन भने त्यो दिन हामी भोट हाल्न सक्दैनौँ।’

उनले निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिले जनतामाझ केही लगेर नगए यो व्यवस्थाप्रति जनताको अविश्वास हुने बताए। 

उनले भने, ‘गत वर्ष १६५ निर्वाचन क्षेत्रका सांसदहरुले खर्च गर्न पाउने ५/५ करोड तपाईँ हामीले छुट्टाएका थियो, संसद्ले पास गरेको त्यो कानुनलाई अदालतले छेक्यो। अबको आर्थिक वर्ष पनि त्यो निर्वाचन क्षेत्रमा केही कुरा लगेर तपाईँ जनताको माझमा जान सक्नुहुन्न भने यो व्यवस्थाप्रति अविश्वास सिर्जना हुन्छ। ‘

उनले काम गरेर देखाए यो व्यवस्था नभत्किने बताए। उनले भने, ‘सिस्टम कसैले भत्काउला कि भनेर डराउन पर्दैन काम गरेर देखाउनुस् आज तपाईँले भोट पाउनुहुहन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?