
काठमाडौँ- नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले सरकारले गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको आरोप लगाएका छन्।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बनाउनतर्फ अग्रसर भएको बताए।
उनले माओवादी केन्द्रका नेताका छोराहरु गैरकानूनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आएको भन्दै उहाँले माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानूनी कारोबारका अनुसन्धान अवस्था रहेको बताए।
उनले भने, ‘हिजो आज आएका सूचना र समाचार आधार हेर्दा सुशासन र सेवा प्रवाहमा प्रभावकारी ढंगले लाग्नुपर्नेमा नेपाल सरकारले आफ्नो ध्यान अन्यत्र केन्द्रित गरेको देखिन्छ। के नेपाल सरकार गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बन्दै गएको हो? माओवादी केन्द्रका नेताका छोराहरु गैरकानूनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आएका छन् तर माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानूनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो। सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानूनी कारोबार गर्न सहज हुने बनाउन हो।’
उनले सत्तामा रहेका परिवारका सदस्यहरु गैरकानूनी कारोबारमा संलग्न रहेको भनि विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आएपनि गृह प्रशासन कारोबारमा संलग्नलाई अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिनेतर्फ गएको बताए।