क्यान्सर सरभाइबर हुमागाईंले सम्पन्न गरे भारतको सिक्किमसम्मको साइकल यात्रा

क्यान्सर सरभाइबर हुमागाईंले सम्पन्न गरे भारतको सिक्किमसम्मको साइकल यात्रा
+
-

झापा- तीनपटक शरीरमा क्यान्सर लागेर पनि जितेका साइकलयात्री ध्रुव हुमागाईं भारतको दार्जिलिङ र सिक्किमको साइकलयात्रा सम्पन्न गरेर बिहीबार काठमाडौं फर्किएका छन्।

गत कात्तिक महिनामाको मध्यतिर सिक्किमसम्मको यात्रामा निस्केका उनी दार्जिलिङमा साइकल दुर्घटना परेका कारण उक्त यात्रा रोकिएको थियो। दार्जिलिङबाटै उनी काठमाडौं फर्किएका थिए। करिब चार महिनाको उपचारपछि उनी सिक्किमसम्मको यात्राका लागि निस्केका थिए। यस पटक भने उनको यात्रा सफल भएको छ।

तीन पटक क्यान्सर लागेर त्यसबाट मुक्ति पाएका हुमागाईंको यो साहस देखेर मानिसहरू छक्क छन्। चार महिनाअघि बिर्तामोडमा उनलाई भेट गर्न आएका अर्का क्यान्सरपीडित देवी मावि बिर्तामोडका शिक्षक ज्ञानु बुढाथोकीले क्यान्सरबाट मुक्ति पाइने रहेछ भन्ने निकै ठूलो आशा पलाएको बताएका थिए।

हुमागाईं अहिले ५४ वर्षका भएका छन्। चार वर्षअघि क्यान्सर लाग्दा आफूलाई निकै ठूलो आघात पुगेको अनुभव उनले सुनाए।

परिवारका सदस्यहरूको सहयोग र मायाले आफू बाँचेको अनुभव पनि हुमागाईंले सुनाए। उनलाई पहिला फोक्सो, अनि मेरूदण्ड र त्यसपछि बोन म्यारोमा क्यान्सर लागेको थियो।

नेपालमा अस्पतालमा प्रारम्भिक उपचार गरेपछि भारतको राजीव गान्धी अस्पतालमा उपचारपश्चात आफू पहिलाको जस्तै सक्षम भएको हुमागाईं बताउँछन्।

‘म आफैंले आफैंलाई क्यान्सर फाइटर भन्न रुचाउँछु। तर क्यान्सरसँग फाइट गर्न चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्नुपर्छ। खानपान चिकित्सककै सुझावमा नियमित हुनुपर्छ। परिवारको सहयोग चाहिन्छ,’ उनले भने।

हुमागाईंले अबको केही महिनाभित्र भारतको दिल्लीसम्मको साइकल गर्ने योजना बनाएका छन्। उनले भने, ‘मेरो उपचार गर्ने चिकित्सकलाई साइकल यात्रा देखाउने मेरो ठूलो धोको छ । जसरी पनि म पूरा गरेरै छाड्छु ।’

उनी अहिले दैनिक १ सय ३० किलोमिटरसम्म साइकल कुदाउन सक्षम भएका छन्। शारीरिक कसरतका लागि उनले दैनिक बिहान कम्तिमा दुई घण्टा साइकलमा यात्रा गर्ने गरेका छन्। आत्मबल दह्रो बनाएर शारीरिक कसरत गरे क्यान्सरलाई जत्ने सकिने उनको भनाइ छ।

हुमागाईंकाे दैनिकी अहिले क्यान्सर रोगीहरूको औषधि ओसार्नमा बित्ने गरेको छ। उनी भन्छन्,  ‘कतिपयको डाक्टरसम्म पुग्ने पहुँच हुँदैन। त्यस्ता बिरामीका लागि म सहयोग गर्छु। क्यान्सर लाग्दा आत्तिनु पर्दैन। तर चिकित्सकसँग नियमित सम्पर्कमा रहनु पर्छ।’

अहिले हुमागाईं जहाँ जान्छन्, त्यहाँ क्यान्सर रोगीहरूलाई भेट्छन्। उनीहरूको आत्मबल बढाउँछन्। सकेको सहयोग गर्छन्।

उनी भन्छन्, ‘म पैसा सहयोग गर्न सक्दिनँ। तर उहाँहरूलाई चाहिएको औषधिदेखि खानपानका कुरामा म पुल बन्नसक्छु।’ क्यान्सरपीडित कसैलाई सहयोग चाहिए आफू तयार गरेको पनि उनले बताएका छन् । त्यस्का लागि उनले मोबाइल फोन नं ९८५१०६९६७० मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?