सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती

सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताए ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

उनले भने,’मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्युनिकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ‘

उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्याउन नसकेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?