झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित ‘वसन्तोत्सव’ कार्यक्रम हुने

झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित ‘वसन्तोत्सव’ कार्यक्रम हुने
+
-

झापा- सप्तक संगीत विद्यालयको आयोजनामा झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम हुने भएको छ ।

बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले चैत्र ५ गते वसन्तोत्सव कार्यक्रम आयोजना गर्न लागेको हो  ।

कार्यक्रममा नेपाली संगीतको प्रख्यात सुकर्म ब्याण्डको प्रस्तुति रहने विद्यालयका अध्यक्ष तथा संगीत प्रशिक्षक सरोज वत्सले जानकारी दिए । त्यस्का अतिरिक्त अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।

सोही कार्यक्रममा प्रख्यात भजन गायक धर्मदास बुढाथोकीको विशेष भजन गायन पनि रहने वत्सले बताए । कार्यक्रममा ललितकला क्याम्पसकी प्राध्यापक सुजता बरालको कथक नृत्य पनि रहने उनले जानकारी दिए ।

सोही अवसरमा गायिका मेनुका पौडेल तथा सप्तक संगीत विद्यालयका विद्यार्थी एवम् कलाकारहरुद्वारा गाइएका गीतहरु‌को अडियो भिडियो रिलिज गरिने उनले जानकारी दिए ।

कार्यक्रममा मारवाडी भाषाका कवि सत्यनारायण तायलद्वारा लिखित मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत पनि सार्वजनिक गरिने भएको छ ।

संगीत विद्यालयद्वारा बालबालिकासंग सप्तक कार्यक्रम अन्तर्गत आयोजित १५ दिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमसमेत सोही अवसरमा गरिने विद्यालयका संरक्षक तथा गीतकार डा. कुमार सुवेदीले जानकारी दिए ।

सुकर्म ब्याण्डका संस्थापक एवम् वरिष्ठ सितारवादक प्राध्यापक डा. ध्रुवेशचन्द्र रेग्मीलाईसमेत सम्मान गरिने सुवेदीले जानकारी बताए ।

कार्यक्रम बिर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुने आयोजकले जानकारी दिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?