
इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हटस्परले शीर्ष चारमा उक्लिन मौका गुमाएको छ। घरेलु टोली फुलह्यामसँग ३-० ले पराजित हुँदा टोटेनह्याम चौंथो स्थानमा उक्लने मौका गुमाउन पुग्यो। फुलह्यामले टोटेनह्यामलाई स्तब्ध बनाउने क्रममा पहिलो हाफमा एक गोल गर्यो् भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
खेलमा ४२ औं मिनेटमा रोड्रिगो मुनिजको गोलमार्फत फुलह्यामले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनाउने क्रममा ४९औं मिनेटमा सासा लुकिकले गोल गरे। उनले टिमोथी कास्टाग्नेको पासलाई सदुपयोग गरेका थिए। टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गर्ने क्रममा मुनिजले ६१ औं मिनेटमा अर्को गोल थपेका थिए।
तुलनात्मक रुपमा बल पकडमा राखेपनि फुलह्याम सिमित अवसरमा गोल गर्न असफल भयो। तर फुलह्यामले पाएका केही अवसरलाई सदुपयोग गर्दा फराकिलो जित निकाल्दै १२ औं स्थानमा रहन सफल भयो।
जितपछि फुलह्यामले २९ खेलबाट ३८ अंक जोडेर १२औं स्थानमा कायम रह्यो। पराजित टोटेनहम ५३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।