नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्ने ग्राहकले दैनिक निशुल्क डाटा पाउने

नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्ने ग्राहकले दैनिक निशुल्क डाटा पाउने
+
-

काठमाडौँ- अब नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्ने प्रयोगकर्ताहरूले दैनिक निशुल्क मोबाइल डाटा पाउने भएका छन्।

टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा दैनिक रुपमा मोबाइल डाटा उपलब्ध हुने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिएका छन्।

टेलिकमका विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले मात्र यो सुविधा लिन सक्ने छन्।

वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटा र १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले ६०० एमबी र ८०० एमबी डाटा पाउनेछन।

ढकालका अनुसार एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीले पनि लाई पनि यो सुविधा उपलब्ध रहेको छ। यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्ने छन।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा जानकारी पाउने छन्।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवा वारेमा यहाँ  क्लिक   जानकारी लिन सकिने छ भने त्यसैगरी ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर पनि एनटी फाइबर र कम्पनीका अन्य विभिन्न सेवाका बारेमा जानकारी लिन सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?