
काठमाडाैँ- सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनले साझा संकल्प सार्वजनिक गरेको छ।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्।
सरकारी सेवालाई प्रभावकारी बनाउन टाइम कार्ड प्रणली लागू गर्ने उल्लेख गरिएको छ। यस्तै राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने र नागरिक एप मार्फत सबै सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ।
‘राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने,फरक/फरक कार्यालयमा नागरिकतालगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराउने,सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने’ साझा संकल्पमा उल्लेख छ।