होली मनाएर पौडी खेल्न जाँदा नहरमा डुबेर एक किशोरको मृत्यु

+
-

झापा – होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। झापाको शिवसताक्षी–११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो।

उनी सोमबार दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए। अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए।

नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई जानकारी गराएका थिए।

किशोरको लाशलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?