
काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले पटक-पटक सूचना गर्दा पनि हाजिर नभएका ‘बेपत्ते’ प्रहरी कर्मचारीलाई हाजिर हुन पुनः निर्देशन दिएको छ ।
कार्यालयले सञ्चारमाध्यममा सूचना जारी गरेर सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दासमेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
यस अघि पनि कार्यालयले धेरै पटक सूचना जारी गरिसकेको थियो ।