
काठमाडाैँ – अनर एक्स ७ बी मोबाइल अब छिट्टै नेपली बजारमा आउने भएको छ। ६ हजार एमएचको ब्याट्री रहेको अनर एक्स ७ बीको मेन क्यामेरा १०६ एमपीको रहेको छ भने २५६ जीबीको स्टोरेज रहेको छ।
ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा. लि.का अनुसार आगामी हप्ता लन्च गर्ने तयारी रहे पनि लन्च गर्ने मिति भने अझै सार्वजनिक गरिएको छैन।
कम्पीका अनुसार अनरका आजसम्मका सबै एक्स सिरिजका स्मार्टफोनहरुमध्ये यस एक्स ७ बीको ब्याट्री उत्क्रृष्ट रहेको छ। यो स्मार्टफोनलाई एक दिन चार्ज गरे १८ घण्टासम्म भिडियो स्ट्रिमिङ, २४ घण्टा सोसल मिडिया ब्राउजिङ र ६९ घण्टासम्म स्ट्रिमिङ गर्न सकिने कम्पनीको दाबी छ।
एक्स ७बीको १/१.६७- इन्च सेन्सर रहको छ। यसको सेल्फी क्यामेरा ८ एमपीको रहेको छ भने एक्स ७ बीको ९१.३ प्रतिशत स्क्रिन-टु- बडी अनुपातको छ। ६.८ इन्चको फुल भ्यू डिस्प्ले फिचर रहेको छ। एक्स ७ बीले एफएचडी रिजोल्युसन र १६.७ मिलियन रंगहरूको रंग गहिराइलाई समर्थन गर्दछ भने सर्काडियन नाइट डिस्प्ले र डायनामिक डिमिङलगायतका सुविधाले आँखालाई हानी नगर्ने कम्पनीको दाबी छ।
एक्स ७ बीको डुअल स्पिकर रहेको छ। जसले गर्दा भोल्युम २०० सम्म जान सक्ने भएकाले यो स्पिकरजस्तै हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एक्स ७ बीमा २५६जीबी स्टोरेज रहेको कारणले गर्दा ६०,००० तस्विर, २४,००० गीत वा ९५० एचडी भिडियोहरू राख्न सकिने छ।
यसको र्याम ८ जीबी रहेको छ भने ८जीबी थप्न सकिने छ।
कम्पनीका अनुसार आकर्षक डिजाइन भएको अनर एक्स ७ बी फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन रंगमा उपलब्ध रहेको छ। मूल्य निर्धारण पनि अझै खुलाइएको छैन तर लन्चपछि यो अफलाइन र अनलाइन दुबै च्यानलहरू मार्फत उपलब्ध हुनेछ।