सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यकः सिंह

सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यकः सिंह
+
-

काठमाडाैँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन सरकारसँग माग गरेका छन्।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो माग गरेका हुन्।
उनले सार्वजनिक खरिद ऐन संसदबाट निर्माण उद्योग मैत्री हुनेगरी संशोधन गरी तत्काल पास गर्न आवश्यक रहेको बताए।

उनले निर्माण व्यवसायीहरुले लामो समयदेखि धेरै खालका चुनौतिको सामाना गर्दै आएको भन्दै उक्त चुनौति ठोस समाधानको लागि सरकारले पहल गर्न आवश्यक रहेको बताए। अध्यक्ष सिंहले वर्तमान सरकारले नै निर्माण व्यवसायीहरुका समस्या समाधान गर्नेमा आफूहरु विश्वस्त रहेको बताए।

उनले नेपालमा निर्माण कार्यको लागि प्रक्रियागत झमेलाका कारण विश्वका अन्य मुलुकमा सफल निर्माण कम्पनीहरु नेपालमा आएर असफल भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले भने,‘ नेपालमा निर्माण कार्यको लागि प्रक्रियागत झमेलाका कारण विश्वका अन्य मुलुकमा सफल निर्माण कम्पनीहरु नेपालमा आएर हुन सकेका छैनन्। यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु। सार्वजनिक खरिद ऐन पूर्वव्यवसायी मैत्री बनाउन संसदमा रहेको सार्वजनिक खरिद ऐनलाई तत्काल संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन अनुरोध गर्दछु ।’

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको दाबी गरे। उनले सरकारले विकास निर्माणका कामलाई दु्रत गतिमा अगाडि बढाउनको लागि पुँजीगत खर्चमा जोड दिनुको विकल्प नभएको बताए। उनले निर्माण उद्योग उद्योगहरुको पनि उद्योग भएको भन्दै राज्यले त्यो रुपमा मान्यता नदिएको गुनासो गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?